काठमाडौँ - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अधिकार सम्पन्न प्रदेश बनाउने गरी संविधान संशोधन हुनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले अहिलेको संवैधानिक व्यवस्थाबमोजिम प्रदेश सरकारलाई क्षेत्रीय प्रशासन कार्यालयको भूमिकामा सीमित गरिएको आरोप लगाए । “स्थानीय तहलाई काम गर्न निर्देशन दिने अधिकार पनि हामीसँग छैन, किन गरेनौँ मात्र…