काठमाडौँ – संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान जारी रहेको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मध्याह्न १२ः०० बजेसम्म प्रदेशसभाका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये २३७ जनाले मतदान गरेका छन् भने संघीय संसद्का कूल ३३१ सांसदमध्ये २०५ जनाले मतदान गरिसकेका छन् । हालसम्म करिव ५० प्रतिशत मतदान भएको आयोगले जनाएको…