काठमाडौं - सरकारले पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासीको सम्मानमा सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ दिएको छ । सोमबार काठमाडौं आइपुगेका अब्बासीको सम्मानमा साँझ साढे ५ बजेपछि उनलाई सेनाको सैन्य टुकडीबाट गार्ड अफ अनरको सम्मान गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले टुँडिखेलमा अब्बासीलाई स्वागत गरेका थिए । उच्चस्तरीय विदेशी पाहुनालाई विमानस्थलमै गार्ड अफ अनर दिने परम्परा तोड्दै सरकारले पहिलोपटक पाकिस्तानी प्रधानमन्त्री…