रास्वपा सांसदहरूको लेबी परिमार्जन

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूको लेबी परिमार्जन गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले लेबी परिमार्जन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको हो । प्रवक्ता मनिष झाका अनुसार सांसदहरूको लेबी १५ हजार तोकिएको छ भने मन्त्रीहरू र मन्त्रीका स्वकीय सचिवहरूको लेबी यथावत राखिएको छ । यसअघि सांसदहरूका लागि साढे १६ हजार लेबी तोकिएको थियो…