सभापति गगन पक्षलाई आधिकारिकता दिन सर्वाेच्चले टेकेका यी ४ आधारहरू

काठमाण्डु – सर्वोच्च अदालतले शुक्रबार महत्त्वपूर्ण फैसला गर्दै सभापति गगनकुमार थापा नेतृत्वको समूहलाई नेपाली कांग्रेसको आधिकारिकता दिएको छ । यसअघि निर्वाचन आयोगले थापा पक्षलाई दिएको आधिकारिकतालाई सर्वोच्चले सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता दिने आयोगको निर्णयलाई कानुनसम्मत रहेको ठहर गरेपछि थापा पक्षले वैधानिकता पाएको छ…