काठमाण्डु - नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा बिहीबार विभिन्न कार्यक्रम गरी जनआन्दोलन दिवस मनाइँदै छ। २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको सम्झनामा जनआन्दोलन दिवस मनाउने गरिन्छ । २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य २०४६ चैत २६ गते भएको थियो। नेपाली कांग्रेसको…