उपसभामुखको निर्वाचन चैत २७ गते हुने

काठमाण्डु– उपसभामुख पदको निर्वाचन चैत २७ गते शुक्रबार हुने भएको छ । सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचन हुने दिन चैत २७ गते तोकेको जानकारी सभामा गराएका हुन् । प्रतिनिधि सभा बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने व्यवस्था छ। चैत २२ गते सभामुख निर्वाचन भएको थियो।