गृहमन्त्री गुरुङको पहिलो हप्ता : धमाधम गिरफ्तारीले तरङ्ग

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ चैत १३ गते गृहमन्त्री बने । सुधन गुरुङ गृहमन्त्री नियुक्त भएको १ हप्ताभित्रै उच्च तहका व्यक्तिहरूको धमाधम पक्राउसँगै सरकार आक्रामक कार्यशैलीमा उत्रिएको छ । चैत १३ गते नियुक्त भएर २० गतेसम्मको १ हप्तासम्म गृहमन्त्रीको अगुवाइमा थुप्रै पक्राउ परेका छन् । उनी हिन्दी फिल्मझै…