काठमाण्डु – नेपाली कांग्रेका प्रवक्ता देवराज चालिसेले संविधान संशोधनका लागि सर्वपक्षीय छलफल अघि बढाइने बताएका छन् । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुशासन र संविधान संशोधनलाई कांग्रेसले प्राथमिकतामा राखेको बताएका हुन् । उनले भने, ‘संविधान संशोधनका लागि अग्रसरता हामीले नै लिएका हौं । यसको स्वामित्व र विकास पनि हाम्रो…