काठमाण्डु- नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले कांग्रेसको भ्रातृसंस्थाका रुपमा नरहने निर्णय गरेको छ ।शुक्रबार काठमाण्डुमा सम्पन्न सिनेट बैठकले यस्तो निर्णय गरेको हो । नेपाली कांग्रेसको सिद्धान्त र नीतिप्रति आस्था रहेपनि पार्टीको प्रत्यक्ष प्रभाव र प्रणालीभित्र नरहने गरी नेविसंघले कार्यगत स्वायत्ततासम्बन्धी प्रस्ताव पारित गरेको हो । बैठकले पार्टीको भ्रातृसंस्थाका रुपमा नभई विद्यार्थीहरुको हिताग्रही संस्थाका रुपमा…