कांग्रेस सभापतिबाट थापाले दिए राजीनामा

काठमाण्डु - नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अघि थापाको राजीनामा आएको हो । बैठक शुक्रबार बोलाइएको छ । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार राति उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका हुन् । तर, थापाले दिएको राजीनामा पत्र भने सार्वजनिक गरिएको छैन।…