काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ३ वटा निर्णय गरेको छ । आईतबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले वर्तमान विषम परिस्थितिबिच पनि मतदान गर्ने तथा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार ज्ञानबहादुर शाहीलाई विजयी गराउने सम्पूर्ण मतदातालाई धन्यवाद दिने निर्णय गरेको छ । बैठकका निर्णयहरू सुनाउँदै लिङ्देनले भने, ‘राष्ट्रिय प्रजातन्त्र…