काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठविरुद्ध राष्ट्रिय सतर्कता केन्द्रमा विदेशको पीआर लिएको भन्दै छानबिनको लागि अनुरोध गरेर उजुरी परेको छ । उजुरीका आधारमा सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र पठाई यथार्थ जानकारी मागेको मन्त्री श्रेष्ठले नै जानकारी दिएकी छन् । पत्र पाएपछि मन्त्री श्रेष्ठले बुधबार सामाजिक सञ्जालमा भिडियो सन्देश राखेर लेखेकी छन्, ‘म नेपालको…