काठमाण्डु – नेपाली कांग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री एनपी साउँदले राजदूत नियुक्तिलाई गम्भीरताका साथ लिन सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै साउँदले राजनीतिक भागबण्डका आधारमा राजदूत नियुक्त गर्ने र दलहरूले आवेदन नै निकाल्नेजस्ता कामले राजदूत नियुक्तिमा प्रश्न उठेको बताए । सरकारले कुनै जानकारी नदिई राजदूत फिर्ता बोलाउनुले कूटनीतिक र…