चीनबाट फर्कियो एमालेको टोली

काठमाण्डु-नेकपा (एमाले) परराष्ट्र मामिला विभाग सचिव तथा राष्ट्रिय सभा सदस्य डाक्टर अन्जान शाक्य नेतृत्वको बहुदलीय प्रतिनिधिमण्डल चीनको दश दिवसीय अवलोकन भ्रमण पूरा गरी नेपाल फर्केको छ । दुई देशबीचको मित्रता र अन्तरपार्टी सम्बन्ध अभिवृद्धि गर्न चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को अन्तर्राष्ट्रिय विभागले नेपालबाट बहुदलीय प्रतिनिधिमण्डललाई यही जुन ११ देखि २१ सम्म चीन भ्रमण गराएको हो ।…