यो वर्ष रासायनिक मलको अभाव नहुने सरकारको दाबी

काठमाण्डु – सरकारले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताएको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बिहीबार प्रतिनिधि सभाको बैठकमा अहिले ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दुत रहेको बताइन् । मन्त्री साहले थप १ लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने जानकारी दिँदै…