संसद् अवरोध खुलाउन सभामुखको सक्रियता, चार दलका शीर्ष नेतासँग छलफल गर्दै

काठमाण्डु- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसले आगामी संसद बैठकमा उपप्रधान एवं गृहमन्त्रीमाथि छानबिन गर्ने समिति गठनसहित सरकार नआए बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख घिमिरेले ४ दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् । कांग्रेसले सदनमा निरन्तर गृहमन्त्रीको सहकारी ठगीमा संलग्नताको विषयमा संसदीय…