काठमाण्डु – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेका हुन् । मत विभाजनका क्रममा उनको प्रस्तावको पक्षमा ५६ मत खसेको छ भने विपक्षमा ३७ मत खसेको छ । सभाका १५ जना सांसद तटस्थ रहेका थिए । ११० सदस्यीय प्रदेश सभामा आज मतदानका क्रममा…