विरोधीलाई अलमल्याएर गठबन्धन फुटाउन सफल भयौं : महासचिव पोखरेल

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले हल्ला गरेको भए पुरानो सत्ता गठबन्धन फुटाउन नसक्ने अवस्था रहेको खुलासा गरेका छन् । नेकपा एमाले लमजुङको नवौं जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै पोखरेले एमालेले हल्ला नगरी काम गरेकाले गठबन्धन फुटाउन सकिएको बताए । एमालेले घोषणा गरेर गठबन्धन तोड्न चाहेको भए गठबन्धन भत्किने अवस्था नरहेको उनले बताए…