राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुंगो लाग्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन् । द्वन्द्व पीडित परिवारका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँग आज बुधबार सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्री प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘सरकारले चाहँदाचाहँदै…