काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले होलीलाई विकृत नबनाउन आग्रह गरेका छन् । नेकपा एमाले मधेश प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाण्डुमा आयोजना गरेको होली मिलन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले होलीका नाममा देखिएको छाडापन र विकृतिलाई रोक्नुपर्ने बताए । होली हर्षोल्लास र गीत, संगीतको पर्व भएकाले त्यसलाई सोही रूपमा मनाउनुपर्नेमा उनले जोड दिए ।…