मेयर हर्कको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न दलहरू पुगेपछि…

काठमाण्डु- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो हटाएपछि तनाव उत्पन्न भएको छ। विभिन्न राजनीतिक दलका युवा तथा भ्रातृ संगठनका कार्यकर्ता मेयर साम्पाङको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न पुगेपछि धरान उपमहानगरपालिका परिसरमा तनाव बढेको हो । यही पुस १२ गते मेयर साम्पाङले संघीय सरकारले असहयोग…