आक्रमण भएपछि रविको प्रतिक्रिया : ढुंगाले स्वागत गर्नेलाई म काममार्फत जवाफ दिन्छु

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूमाथि प्रहार गर्नेलाई काममार्फत जवाफ दिने प्रतिक्रिया दिएका छन् । पोखराको अमरसिंह चौरमा रास्वपाले आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेमाथि मकैको खोया प्रहार भएपछि उनले भने, ‘ढुंगाले स्वागत गर्नेलाई म काममार्फत जवाफ दिन्छु ।’ सभापति रविले भाषण गरिरहेका बेला लमजुङका सन्तोष रानाभाटले खोया प्रहार गरेका थिए ।…