काठमाण्डु- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रामा अवरोध नगर्न अपिल गरेको छ । आजबाट कोशी प्रदेश प्रवेश गर्न लागेको संकल्पयात्रामा पहिचानवादीहरूले अवरोध गर्ने चेतावनी दिइरहेका बेला एमालेले यात्रामा अवरोध नगर्न पहिचान पक्षधरलगायत सबैलाई अपिल गरेको हो । ‘एमालेको संकल्प यात्रा घुर्मी भएर कोशी प्रदेश प्रवेश गर्दैछ। यसक्रममा केही समूहहरू द्वारा हाम्रो अभियानलाई अवरोध गर्ने…