सबैको राय सुझाव लिएर प्रहरी विधेयकमाथि व्यापक छलफल गरौं : प्रचण्ड

सबैको राय सुझाव लिएर प्रहरी विधेयकमाथि व्यापक छलफल गरौं : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय प्रहरी ऐन सम्बन्धी विधेयकमाथि गहिरो छलफल गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै प्रचण्डले विधेयकमाथि दफावार छलफल गर्नु पर्ने बताएका हुन् ।

उनले ढिलै भए पनि विधेयक प्रस्तुत गरेकोमा सरकारलाई धन्यवाद व्यक्त गरे ।

उनले भने, ‘ ‘प्रहरीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक लामो समयदेखि छलफलमा थियो । ढिलै भए पनि सरकारले प्रस्तुत गरेकोमा धन्यवाद दिन चाहन्छु,’ धेरै वर्षपछि यो विधेयक प्रस्तावित भएको छ । अब सम्बन्धित सरोकारवाला सबैको राय सुझाव लिएर विधेयकमाथि व्यापक छलफल गरौं र अधिकतम परिमार्जनसहित पारित गरौं ।’