माधव नेपाल भेटेलगत्तै देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड

माधव नेपाल भेटेलगत्तै देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काटमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न बालुवाटार पुगेका छन् ।

मंगलबार बिहान काटेश्वरमा माधव नेपालसँग भेट गरेपछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगेका हुन् । नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका प्रचण्ड मन्त्रिमण्डल विस्तारलगायतका विषयमा छलफल गर्न बालुवाटार पुगेका हुन् ।

गत आइतबार प्रतिनिधिसभामार्फत विश्वासको मत पाएका देउवा मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा छन् । उनले कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) लाई समेट्ने गरी मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन् ।

नेता नेपालसँगको भेटमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए । अध्यक्षद्वय प्रचण्ड र यादवले सरकारमा सहभागीताका लागि नेता नेपाललाई आग्रह गरेका थिए ।