ट्रम्पलाई माझी औंला देखाउने महिलाले चुनाव जितिन


एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई माझी औंला देखाउने महिलाले भर्जिनियामा लोकल अफिस चुनाव जितेकी छन् ।

सन् २०१७ मा जुली ब्रिस्कम्यानले ट्रम्पको कारकेडलाई माझी औंला उचालेर देखाएकी थिइन् । यसको तस्वीर समाचार संस्था एएफपीले खिचेको थियो र संसारभरि भाइरल बनेको थियो ।

घटनाको लगभग दुई वर्षपछि भर्जि्नियाको कन्ट्री बोर्ड सुपरभाइजर चुनावमा उनले रिपब्लिकन पार्टीका उम्मेदवारलाई हराएकी हुन् ।

जुली सन् २०१७ मा अमेरिकी सरकारमा मार्के्टिङ एनालिस्टको पदमा काम गरिरहेकी थिइन् तर घटनापछि उनलाई जागिरबाट निकालिएको थियो ।

जुलीले डेमोक्रेट पार्टीको टिकटमा चुनाव लडेकी हुन् । चुनावी अभियानमा उनले शिक्षा, महिलाको अधिकार, यातायात र वातावरणको मुद्दा उठाइन् र सन् २०१७ को घटना पटक्कै उठाइनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement