गृहमन्त्री गुरुङमाथि ज्ञानबहादुर शाहीको आरोपः पानी बाँड्न गएको व्यक्तिले सत्तामा पुगेर ‘डनगिरी’ देखाए

काठमाण्डु– राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गृहमन्त्री सुधन गुरूङप्रति कटाक्ष गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले गाडी दुर्घटनामा परेर खस्दा भीरमा अड्किएका नागरिकको उद्धार माग गर्दा र मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे आफूहरुले कुरा उठाउँदा गृहमन्त्रीले राजनीति गर्न खोजेको अभिव्यक्ति दिएकामा शाहीले आपत्ति जनाए । पानी वितरण गरेर र जेनजी आन्दोलनमा…