काठमाण्डु – पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको हो । रघुगङ्गा गाउँपालिका–२ बैसेरीमा सोमबार दिउँसो पहिरो खस्दा सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । ‘पहिरो पन्छाउने क्रममा थप पहिरो खस्दा एक्साभेटर पनि पुरिएको…