काठमाण्डु- सिरहामा गोली हानी एक जनाको हत्या भएको छ। सिरहा नगरपालिका–१ निवासी अन्दाजी ४५ वर्षीय प्रेमनाथ यादवको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको हो । स्थानीयका अनुसार यादव वडा नम्बर–७ स्थित मैनाबत्ती खोलाको किनारमा रहेको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए। गोली लागेर गम्भीर घाइते भएका यादवको घटनास्थलमै मृत्यु भएको…