काठमाण्डु– प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीतिका विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार माइतीघर मण्डलामा भेला भई प्रदर्शन गरेका हुन् । माइतीघरमा भेला भएर हातमा कालोपट्टी बाँधेर नारा लगाउँदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन्…