नेपाली कांग्रेसका दिवंगत नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको धर्मपत्नी सपना राजभण्डारी जोशी काठमाण्ड–८ बाट प्रत्यक्षतर्फ उम्मेदवार छिन् । उनी यतिबेला कांग्रेस कार्यकर्तासँग आन्तरिक बैठकसँगै मतदाता भेटघाटमा व्यस्त छिन् । नेता नवीन्द्रराज जोशीसँग वैवाहिक जीवनमा गासिनुअघि सक्रिय विद्यार्थी राजनीतिमा रहेकी सपना पछिल्लो समय सामाजिकसँगै शैक्षिक सेवामा पनि क्रियाशील थिइन् । नवीन्द्र सोही क्षेत्रबाट २०६४ र २०७०…