नेपालले २१औँ शताब्दीको तेस्रो दशकमा प्रवेश गर्दा यस्तो लोकतन्त्रको बोझ बोकेको थियो, जसले परिवर्तनको वाचा त गर्यो, तर परिणाम भने पुरानै दोहोरियो । १९९० मा बहुदलीय व्यवस्था पुनस्र्थापित भएदेखि र २००८ मा राजतन्त्र अन्त्य भएदेखि सत्ता उही परिचित नेताहरू केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहालबीच घुमिरह्यो । सिंहदरबारमा सरकार फेरिँदै गयो, तर उल्लेखनीय उपलब्धि…