काठमाण्डु– सरकारले विभिन्न पर्यटकीय क्षेत्रलाई थप प्रवद्र्धन एवं व्यवस्थित बनाउने लक्ष्यसहितको विस्तृत योजना तयार गरेको छ । वर्तमान सरकार गठन भएको १०० दिनको अवधिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो खाका कार्यान्वयनमा ल्याउन लागेको हो । सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित दुई मुख्यभूत विषय समेट्एिको थियो…