काठमाण्डु-खुम्बु आइसफल क्षेत्रमा आइस सेराकु हिउँको ठूलो ढिस्को खस्दा आरोही र गाइड घाइते भएका छन्। विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट क्याम्प २ तर्फ जाने क्रममा मंगलबार बिहान भएको उक्त दुर्घटनामा परी एक नेपाली गाइड र एक भारतीय आरोही घाइते भएका हुन्। पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार,२०८३ वैशाख २२ गते बिहान ५: ४५ बजेतिर…