निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको संख्या झन्डै दोब्बरले  बढेको छ ।  

गत चैत २३ गतेको सरकारको निर्णय पछि निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको संख्या उल्लेखनीय रुपमा बढेको निकुञ्जका सूचना अधिकारी अविनास थापाले जानकारी दिए ।  

गत वर्षको आजकै मितिमा ३१ हजार ५७७ जना आन्तरिक  पर्यटकले निकुन्ज भ्रमण गरेका थिए भने चालु आर्थिक वर्षको जेठ मसान्तमा ४८ हजार ५९८ जनाले निकुञ्ज भ्रमण गरेका छन् ।

निकुञ्ज प्रवेशका लागि आठ वटा नाकाबाट पर्यटक आउने गर्छन् । नाकामा ७२ वटा जिपले निकुञ्ज प्रवेशका लागि अनुमति लिएका छन् । यहाँ जिप सफारी सहित पैदल यात्राका लागि पर्यटक आउने गर्दछन् । 

निकुञ्जमा एकसिङ्गे गैंडा, बाघ, भालु, चितुवा, घडियाल गोहीलगायतका जनावार र चराचुरूङ्गी हेर्न आन्तरिक पर्यटक आउने गर्छन् ।