काठमाण्डु – नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा साउन ६ र ७ गते विभिन्न कार्यक्रमहरू आयोजना गर्दैछ । यसै सन्दर्भमा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु जनचेतना जगाउन साउन ६ गते बिहान काठमाण्डु उपत्यकामा ‘ग्रीन रन’ आयोजना गर्ने भएको छ । कांग्रेसद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपसभापति एवं प्रतिष्ठानका प्रमुख…