काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भारतीय विदेश सचिव विक्रम मिस्रीलाई काठमाण्डुको बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा पुगेर बिहीबार दिउँसो भेट गरेका छन्।
होटल द्वारिकाजमा भएको भेटवार्तामा कांग्रेस नेता एवम् पूर्वसांसद सुनिल शर्मा पनि सहभागी थिए। यो भेट दिउँसो पौने १ बजेदेखि करिब २० मिनेटम्म चलेको थियो।
भेटवार्तापछि भारतीय विदेश सचिव मिश्री विमानस्थलतर्फ प्रस्थान गरे। भारतीय विदेश सचिव र कांग्रेस सभापतिबीच भएको भेटवार्ताको विषयवस्तु खुलाइएको छैन।
यसअघि बिहीबारै मिस्रीले प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट गरेका छन्।
मिस्रीले विपक्षीतर्फ कांग्रेसलाई मात्रै भेटेका हुन्। यसअघि भारतीय विदेश सचिव आउँदा सबैजसो विपक्षी र मधेशवादी दललाई पनि भेट्न गरेका थिए ।
तर पहिलो पटक मिस्रीले सत्ता पक्षका शीर्ष नेता र प्रतिपक्षी नेतालाई मात्रै भेटेर फिर्ता भएका छन्।


प्रतिक्रिया