काठमाण्डु– एनपीएलको तेस्रो संस्करणअन्तर्गत बिहीबारको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ ।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै लक्ष्यभन्दा १६ रन पछाडि रह्यो ।
जनकपुरका लागि कप्तान हर्मित सिंहले आक्रामक ब्याटिङ गर्दै २० बलमा ३ छक्कासहित ३३ रन बनाए । त्यस्तै आदित्य महताले २३ बलमा ४ छक्कासहित अविजित ३० रन जोडे । सैफ हसनले २५ बलमा ४ चौकासहित २८ तथा तृतराज दासले १८ बलमा १८ रनको योगदान दिए ।
लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ३ विकेट लिए । तिलक भण्डारी र शेर मल्लले समान २ तथा रुवेन ट्रम्पेलम्यानले १ विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो ।
यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको छ ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ३० बलमा १ छक्का र ३ चौकासहित ३४ रन बनाए ।
यस्तै निरोशन डिकवेलाले २७ बलमा १ छक्का र २ चौकासहित २७, दिलिप नाथले १६ बलमा २ छक्का र २ चौकासहित २५, आशिफ शेखले २१ बलमा १ छक्का र २ चौकासहित २१ रन बनाए ।
जनकपुरका विशाल सुस्लिङ र राहुल यादवले समान २, कप्तान हर्मित सिंह, अभिषेक तिवारी, र ललित राजवंशीले समान १ विकेट लिए ।


प्रतिक्रिया