संयोजक प्रचण्ड र जेभीपी महासचिव सिल्भाबिच भेटवार्ता, सहकार्यबारे गहन छलफल

कोलम्बो – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुनाका महासचिव कमरेड तिल्भिन सिल्भाबिच भेटवार्ता सम्पन्न भएको छ । कोलम्बोस्थित जेभीपीको केन्द्रीय पार्टी कार्यालयमा भएको भेटका क्रममा दुवै नेताबिच विश्व कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, दुवै देशको ऐतिहासिक अनुभव, समकालीन राजनीतिक चुनौती तथा भविष्यको सहकार्यका सम्भावनाबारे गहन…