राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुन्छ : अध्यक्ष बिजुक्छे

राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुन्छ : अध्यक्ष बिजुक्छे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुने बताएका छन् ।

राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।

भक्तपुरमा शनिबार सम्पन्न २ दिने ४६औँ नेपालभाषा साहित्य त:मुंज्याको समापन समारोहमा उनले राजनीतिक क्षेत्रमा सफल हुन अरूको अनुभवबाट सिक्नुका साथै आफ्नै प्रयास र मेहनतबाट ज्ञान हासिल गर्नुपर्ने सन्देश दिए ।

‘जनता म्वा:सा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिका–७ गोमारीस्थित यातामा आयोजित २ दिने साहित्य सम्मेलनमा नेपालभाषा, साहित्य, कला, संस्कृति र समसामयिक सामाजिक तथा राजनीतिक विषयमा छलफल गरिएको थियो ।