रास्वपा सभापति रवि लामिछाने आज भारत जाँदै

रास्वपा सभापति रवि लामिछाने आज भारत जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि शुक्रबार भारत जाँदै छन् ।

उनी निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जान लागेको उनको निजी सचिवालयले जनाएको छ।

भ्रमणका क्रममा सभापति लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ।

तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने कात्तिक ९ गते स्वदेश फर्किने छन् ।