भोटेकोशी बाढीमा ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता (नामावलीसहित)

भोटेकोशी बाढीमा ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता (नामावलीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशी बाढीमा ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएको तथ्यांक पर्यटन विभागले सार्वजनिक गरेको छ ।

पर्यटन विभागले सोमबार बेपत्ता विदेशी पर्यटकको नामावली समेत सार्वजनिक गरेको छ ।

विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका पर्यटक बेपत्ता भएका जनाइएको छ । बेपत्ता भएका विदेशी पर्यटकमध्ये २५६ पुरुष, ३२९ महिला र २ अन्य रहेका छन् ।

विभागका अनुसार भारतका १८४, अस्ट्रेलियाका ३३, बेलारुसका २, क्यानडाका ३०, फिनल्यान्डका १, फ्रान्सका ४, जर्मनीका ७, हङ्गेरीका १, आइरिसका २, इजरायलका १, लिथ्वानियाका १, मलेसियाका ५५ र नेदरल्यान्डका २, न्युजिल्यान्डका ५, पोर्चुगलका २, रसियाका ८, सिंगापुरका ९, दक्षिण अफ्रिकाका ६, स्पेनका २, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६७, जापानका ५, फिलिपिन्सका १, काजकिस्तानका ३, बेल्जियमका २, स्विडेनका १, लाटभियाका ३३, स्विजरल्यान्डका १, इटलीका २, चीनका २६, भियतनामका १, इस्टोनियाका १ र पोल्यान्डका २ पर्यटक बेपत्ता भएका छन् ।

हेर्नुहोस् पूर्ण विवरण –