काठमाण्डु- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा फसेका २७ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ।
नेपाल पर्यटन बोर्डले बिहीबार जारी गरेको रिपोर्टअनुसार रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रमा अलपत्र परेका पर्यटकलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा उद्धार गरिएको हो।
गत बुधबार बिहान करिब साढे ८ बजे आएको आकस्मिक बाढीपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पर्यटन प्रहरीलगायतका निकाय बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी तथा उद्धारमा सक्रिय भएका थिए।
उद्धार गरिएका पर्यटकमध्ये ११ जना भारतीय, ४ जना दक्षिण कोरियाली, २ जना इटालियन, २ जना अमेरिकी र ८ जना चिनियाँ नागरिक रहेका छन्।
पर्यटन बोर्डका अनुसार बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखा क्षेत्रमा अझै अन्य पर्यटक तथा यात्रुको सुरक्षा अवस्था पत्ता लगाउने र उनीहरूलाई सुरक्षित स्थानमा सार्ने कार्य जारी छ।





प्रतिक्रिया