३३ लाख घुससहित समातिए ठिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरे

३३ लाख घुससहित समातिए ठिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख रुपैयाँसहित पक्राउ परेका छन्।

ठेकेदारलाई ठेक्का रकम भुक्तानी दिने क्रममा कमिसन मागेका घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो।

ठेक्का रकम भुक्तानीका लागि कमिसन मागेको सूचनाका आधारमा अख्तियारले निगरानी बढाएको थियो।

सोही क्रममा अख्तियारको टोलीले घिमिरेलाई ३३ लाख रुपैयाँ घुस रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको आयोगले जनाएको छ।

घिमिरेले बुझेको रकम अख्तियारकै टोलीले उपलब्ध गराएको घुस रकम रहेको बताइएको छ।

घिमिरेमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।