काठमाण्डु– यस वर्षको प्रि–मनसुन अवधिको वर्षा मापनअनुसार ४५ वर्षयताकै सबैभन्दा बढी पानी परेको छ ।यस वर्ष औसतको १४५.५ प्रतिशत अर्थात् ३३९.५ मिलिमिटर पानी परेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि–मनसुन याममा नेपालमा औसत २२६.३ मिलिमिटर पानी पर्दछ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा झापाको अनारमनी विर्तामा…