ट्राफिक कारबाहीबाट एक दिन २२ लाख ३९ हजार राजस्व संकलन

काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ५५६ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।  सोबाट राज्यकोषमा २२ लाख ३९ हजार राजस्व दाखिला भएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मादकपदार्थ सेवन गरेका १०६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५४, संकेत बत्ती उल्लंघनकर्ता १०७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको…