काठमाण्डु– वेष्ट इण्डिजका चर्चित अलराउन्डर फेबियन एलेन तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० प्रतियोगिता खेल्न आज नेपाल आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुदूरपश्चिम रोयल्सका प्रतिनिधिले स्वागत गरे ।
उनी बायाँहाते ब्याटिङ र बायाँहाते स्पिन बलिङ गर्ने अलराउन्डर हुन्। उनी विशेषगरी आक्रामक ब्याटिङ, स्पिन बलिङ र उत्कृष्ट फिल्डिङका लागि परिचित छन्।
एलेनले हालसम्म वेष्ट इण्डिजका लागि २० एकदिवसीय खेल, ४२ टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन् । उनले एकदिवसीयमा २०० रन बनाएका छन् भने ७ विकेट लिएका छन् ।
यस्तै, एलेनले टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा २९८ रन जोडेका छन् भने २४ विकेट लिएका छन् । उनले समग्र टी–२० क्रिकेटमा १७८ खेलमा एक हजार ६३४ रन बनाएका छन् ।
एलेनले इण्डियन प्रिमिय लिग (आइपिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल), मेजर लिग क्रिकेट, बिग बास लिग (बिबिएल), लङ्का प्रिमियर लिग (एलपिएल), आइएल टी–२०, एसए टी–२० र पाकिस्तान सुपर लिग (पिएसएल) खेलिसकेका छन् । एनपिएल उनका लागि नवौँ व्यावसायिक लिग हो ।
फेबियन एलेनले सन् २०२१ मा आईपीएल डेब्यु गरेका थिए । उनले पञ्जाब किंग्स, मुम्बई इन्डियन्सबाट खेलेका थिए ।


प्रतिक्रिया