काठमाण्डुले टस जितेर विराटनगरलाई दियाे ब्याटिङको निम्तो

काठमाण्डुले टस जितेर विराटनगरलाई दियाे ब्याटिङको निम्तो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाण्डु गोर्खाज र विराटनगर किंग्सबीचको खेलमा विराटनगरले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा काठमाण्डुका कप्तान करण केसीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्।

आजको खेलका लागि काठमाण्डु गोर्खाजले करण केसीको कप्तानीमा भीम सार्की, राशिद खान, सन्तोष यादव, साहब आलम, देव शाह, साहिल पटेल, डेभिड वार्नर, सहान, विलियम बसिस्टो र जनादन खानलाई प्लेइङ–११ मा समेटेको छ।

यस्तै, विराटनगर किंग्सले सन्दीप लामिछानेको कप्तानीमा लोकेश बम, बसिर अहमद, नारायण जोशी, रुपेश सिंह, अपराजित पौडेल, इमरान शेख, सेहनान जयसूर्या, एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र शुभम रञ्जानेलाई मैदानमा उतारेको छ।