दशैंको टिका लगाउने उत्तम साईत भोली ९:५१ मा


काठमाडौं – यस वर्षको बडादशैंको टीकाको उत्तम साइत ९ बजेर ५१ मिनेटमा परेको छ । हिन्दू नेपालीहरुको महान् चाड बडादशैंको मुख्य दिन बिजया दशमी टिका लगाउने दिन भोली अर्थात (कात्तिक २ गते) हो । दशैंमा आफुभन्दा ठुलाको हातबाट टिका र जमरा ग्रहण गरि आशिर्वाद लिने गरिन्छ ।

टिकाको उत्तम साईत भने बिहान ९ बजेर ५१ मिनेटमा उपयुक्त रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । उपयुक्त समय बाहेक जुनसुकै बेला टिका लगाउन सकिने पञ्चाङ्ग निर्णायक समितिको भनाई छ । घटस्थापनाको दिनमा विधिपूर्वक राखिएको जमरा र टीका देवीदूर्गालाई चढाएपछि आफ्ना मान्यजनहरुबाट नव दुर्गा भवानीको प्रसादको रुपमा टिका र जमरा लगाउने चलन रहेको छ ।

समस्त नेपालीजनले विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण पनि सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन छ । मान्यजनको हातबाट दशैंको टीका लगाउन देश विदेशबाट समेत मानिसहरु आफ्नो गाउँघरमा पुग्ने गर्दछन् । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन छ ।

दशैंको टिकामा अन्य फुलको प्रयोग गरिदैन । दशैंको टिकासंगै सम्बृद्धिको प्रतिको रुपमा मानिएको जमराको नै प्रयोग गर्ने धार्मिक प्रचलन रहेको छ । भोलीदेखि सुरु भएको दशैंको टिका ५ दिन सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement